दफा १२९
आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्ने

यस परिच्छेद बमोजिम आफ्नो सुपरिवेक्षण, निगरानी, नियन्त्रण वा अख्तियारी अन्तर्गत रहेको नाबालकको आचरण, बानी व्यहोरा तथा चरित्रमा सुधार गर्न आवश्यक ठानेमा बाबु आमाले त्यस्ता नावालकलाई उपयुक्त सम्झे बमोजिमको कुनै कार्य गरी नाबालकको आचार वा बानी व्यहोरामा सुधार गर्न लगाउन सक्नेछन्। तर निजलाई शारीरिक वा मानसिक कष्ट हुने कुनै व्यवहार गर्न सकिने छैन ।